Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ — अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेको गाडी दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १५ मध्ये ७ जनाको मृत्यु भएको छ भने अन्य आठ घाइते भएका छन् । बेलायती सञ्चारमाध्यम डेली मेलमा प्रकाशित समाचारअनुसार घाइते आठमध्ये दुई नेपाली छन् भने अन्य चार पाकिस्तानी र ३५ वर्षीय चालक छन् । दुर्घटना भएको स्थान ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा पर्छ ।

ग्रीस प्रहरीलाई उद्धृत गर्दै डेली मेलले उनीहरू सबैलाई संगठित मानव तस्करले अवैध रूपमा टर्कीबाट ग्रीस छिराउन खोजेको उल्लेख गरेको छ । तीव्र गतिमा रहेको गाडीले नियन्त्रण गुमाएर दुर्घटना भएको पनि समाचारमा छ । एनआरएनका टर्की अध्यक्ष उज्ज्वलकुमार घिसिङले अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न लागेका नेपालीसहितको गाडी दुर्घटनामा परेको खबर आफूहरूले पनि सञ्चारमाध्यमबाट थाहा पाएको बताए । उनका अनुसार उक्त घटनामा परेका नेपाली को हुन् भन्नेबारे प्रस्ट जानकारी आइसकेको छैन ।

अवैध रूपमा नेपालीहरू टर्कीबाट ग्रीस छिर्ने घटना विगतमा पनि सार्वजनिक भएका थिए । त्यसरी गएकाहरूका अनुसार उनीहरू मानव तस्करलाई ११ देखि १५ लाख रुपैयाँ बुझाएर टर्कीबाट ग्रीस छिर्ने गर्छन् । २०७५ साउनमा अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोजेका एक नेपालीको समूहमा रहेका नवलपरासी कावासोतीका नवीन तिवारीबीच बाटोबाटै हराएको र सात महिनादेखि परिवारको सम्पर्कमा नरहेको खबर सार्वजनिक भएको थियो ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो स्थापना हुनुअघि महानगरीय प्रहरी अपराध महाशाखामा आर्थिक वर्ष २०७४/७५ मा मात्रै १४ जनाले टर्की जाने भन्दै ठगिएको उजुरी दिएका थिए । तीमध्ये ५ जना टर्की पुगेर भनेजस्तो काम नपाएर बिचल्लीमा परेपछि आफ्नै खर्चमा स्वदेश फर्केका थिए भने दुई जना ग्रीसमा अलपत्र परेका र चार जना टर्कीमा अलपत्र अवस्थामा थिए । ३७ जनाले टर्की जाने आश्वासनको पछि लाग्दा आफू ठगिएको भन्दै २ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दर्ता गराएका थिए । यो संख्याले अवैध रूपमा टर्की पुग्ने र त्यहाँबाट अवैध रूपमै ग्रीस छिर्नेमा कति नेपाली फसिरहेका छन् भन्ने बुझाउँछ ।

अध्यक्ष घिसिङका अनुसार संगठित मानव तस्करका एजेन्टहरूले नेपालीहरूलाई अवैध रूपमा इराक ल्याउने र त्यहाँबाट टर्की छिराएर अवैध रूपमै ग्रीस छिराउने गर्छन् । उनले यसरी अवैध रूपमा सीमा प्रवेश गर्नेहरूसँग परिचय खुल्ने कुनै पनि कागजात नहुने र चोरी हुने डरले उनीहरूले निश्चित पैसा मात्रै बोक्ने बताए । उनले भने, ‘पक्राउपछि डिपोर्टमा परिने डरले कागजात नबोक्ने हुनाले उनीहरूको परियच तुरुन्तै थाहा पाउन पनि मुस्किल हुने गरेको छ ।’ पाँच वर्षदेखि टर्कीमा व्यवसाय गरेर बस्दै आएका घिसिङले वर्षौंदेखि नेपालीहरू टर्की–ग्रीस सिमानामा खटिएका द्विदेशीय सीमा सुरक्षाकर्मीलाई पनि छक्याउँदै एजेन्टहरूको सहारामा अर्को सीमा कट्ने गरेको बताए ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोकी एसएसपी दुर्गा सिंहले ग्रीसमा दुर्घटना भएको विषयमा थप जानकारी लिन इन्टरपोल केन्द्रीय कार्यालयमा पत्राचार गरिएको बताइन् । ‘त्यो दुर्घटनामा पर्ने कति नेपाली छन्, उनीहरूको परिचय के हो भन्ने लगायतको सूचना मागेर पत्राचार गरिसकेका छौं,’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया