Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज सोमवार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गरेर आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको उनले जानकारी गराएका छन् ।

पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रूपमा युवाहरूलाई परिचालन गर्नका लागि पनि सचिव पदमा आफूले उम्मेदवारी दिने निर्णय गरेको केन्द्रीय सदस्य बस्नेतको भनाइ छ ।

आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा होस् पार्टीकै पक्षमा नागरिकको माहौल बनाउन, युवालाई एकताबद्ध बनाउन, आउँदा दिनमा एमालेमा ऊर्जावान् युवाहरूको प्रवेशको नेतृत्व गर्न आफूले सचिव पदमा उम्मेदवारी दिने बस्नेतले घोषणा गरे ।

उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधार समेत प्रस्तुत गरेका छन् । उनले आधारहरू प्रस्तुत गर्दै जनयुद्धका नाममा एमाले कार्यकर्ताको हत्या र वाईसीएलको दबदबाविरुद्ध यूथ फोर्स बनाएर देशैभरि युवा परिचालन गर्दै कार्यकर्ताको संरक्षण गरेको, एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरि युवा अभियान चलाएर एमालेलाई बलियो बनाएको बताएका छन् ।

२०४९ सालमा एमालेको साधारण सदस्य लिएर राजनीतिमा प्रवेश गरेका बस्नेतले २०५४ मा २३ वर्षकै उमेरमा तत्कालीन गुण्डु गाविसका अध्यक्ष निर्वाचित हुँदै देशभरिका कान्छो गाविस अध्यक्ष भएको, २०५५ मा युवा सङ्घ जिल्ला अध्यक्ष, त्यसपछि एमाले जिल्ला सदस्य, २०५६ मा युवा सङ्घ केन्द्रीय सदस्य, २०६३ मा युवा सङ्घ केन्द्रीय कोषाध्यक्ष, २०६५ मा यूथ फोर्स प्रमुख, २०६६ र २०६९ को महाधिवेशनबाट युवा सङ्घको केन्द्रीय अध्यक्ष हुँदै अहिले एमाले केन्द्रीय सदस्य छन् ।

तपाईको प्रतिक्रिया