Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – भारतीय वायुसेनाका ग्रुप क्याप्टेन अभिनन्दन वर्तमानलाई राष्ट्रपति रामनाथ कोविन्दले वीर चक्र अवार्ड प्रदान गरेका छन् । उनलाई एक विशेष समारोहमा सो अवार्ड प्रदान गरिएको हो ।

अभिनन्दनलाई हालै ग्रप क्याप्टेनमा बढुवा गरिएको थियो । बालाकोट हमलाको अघिल्लो दिन २७ फरवरी, २०१९ मा अभिनन्दनले हवाई हमलाका क्रममा पाकिस्तान प्रशासित काश्मिरमा पाकिस्तानको एक एफ-१६ विमानमा हमला गरेका थिए ।

त्यसलगत्तै पाकिस्तान प्रशासित क्षेत्रमा उडान गरिरहेका उनको मिग-२१ विमान पाकिस्तानी सेनाले खसालेको थियो । सो क्रममा उनी पाकिस्तानी सेनाको कब्जामा पुगेका थिए । पाकिस्तानी सेनाले कब्जा गरेपनि उनलाई भोलिपल्ट सकुशल रिहा गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया