Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सोमबार प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । आजदेखि ५८ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन प्रक्रिया शुरु हुने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार १३ हिमाली जिल्लाको जिल्ला अधिवेशन यसअघि नै सकिएको छ । हाल थप तीन जिल्लाहरु म्याग्दी, सोलुखुम्बु र जाजरकोटको जिल्ला अधिवेशन पनि सकिएर १६ जिल्लाले अधिवेशन पूरा गरेका छन् ।

क्रियाशील सदस्यता विवादका कारण सिन्धुपाल्चोक, रसुवा र सर्लाहीले निर्वाचन क्षेत्र प्रदेशसभा क्षेत्रीय अधिवेशनसमेत गरेका छैनन् । प्रदेशसभा क्षेत्रीय अधिवेशन नभई प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन हुन सक्दैन ।  सोमबारदेखि ५८ वटै जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन शुरु हुने र प्रदेशसभा क्षेत्रीय अधिवेशनको परिणाम आउन बाँकी रहेका ठाउँमा समेत आजैदेखि प्रक्रिया शुरु हुने सचिव श्रेष्ठले बताए ।

त्यसैगरी सर्वसम्मतको प्रयासका लागि भोलि पनि अधिवेशन हुन सक्ने उनले जानकारी दिए । यही प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनबाटै आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पनि छान्ने भएकाले यो अधिवेशन निकै महत्वपूर्ण रहेको छ । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमिति पनि चयन गरिँदै छ ।

तपाईको प्रतिक्रिया