Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौँ – विश्व स्वास्थ्य संगठन, डब्लूएचओले युरोपभर बढिरहेको कोरोना संक्रमणबारे अत्यन्तै चिन्ताजनक रहेको बताएको छ । क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लगले चेतावनी दिँदै तुरुन्त उपयुक्त कदम नउठाए मार्चसम्म ५ लाख बढीको मृत्यु हुन सक्ने बताएका छन् ।

यसमा उनले उदाहरण दिँदै मास्क लगाउने क्रम बढाउनाले मात्र पनि अहिलेका लागि धेरै मद्दत गर्ने बताए । संक्रमण उच्च बिन्दुमा पुगेपछि युरोपका विभिन्न क्षेत्रमा कतै आंशिक त कतै पूर्ण लकडाउनको घोषणा गरिएको छ ।

डाक्टर क्लगका अनुसार जाडोयाम सुरु हुनु, खोप दर पर्याप्त नहुनु र युरोपेली क्षेत्रमा बढी संक्रमक डेल्टा भेरियेन्ट हावी हुनुले संक्रमण गम्भीर स्थितिमा पुगेको छ । त्यसैले उनले खोप लगाउने सहित साधारण कोभिड मापदण्डहरु पालन गर्नतर्फ जोड दिन अपील गरेका छन् ।

उनले भनेका हुन्, “फेरि पनि कोभिड–१९ युरोपेली क्षेत्रमा मृत्युको नम्बर १ कारण बन्न पुगेको छ । र हामीलाई भाइरस विरुद्ध लड्न के गर्नुपर्छ भन्ने थाहा छ । ” यसमा उनले खोपलाई अनिवार्य गर्नु अन्तिम विकल्प बन्न सक्ने बताए । शुक्रबार मात्र कोरोनाका कारण पूर्ण लकडाउन गर्ने अष्ट्रिय पहिलो युरोपेली मुलुक बनेको थियो । यसका साथै त्यहाँ पहिलोपटक खोप लगाउनैपर्ने कानुन पनि ल्याउन लागिएको छ ।

अष्ट्रियन चान्सलर एलेक्जेन्डर स्केलेनबर्गले स्वतन्त्र समाजलाई अचानक बन्दक बनाउनु धेरै कठिन निर्णय भएको तर कोभिडमुक्त हुन खोप एक्लै पर्याप्त नहुने बताएका हुन् । उनले भनेका छन्, “यो समस्या खोप लगाएकाहरुका लागि पनि हो । किनकी यदि खोप नलगाएका मानिसहरुका कारण खोप लगाउनेसँग आइसीयुको पहुँच भएन र अचानक उनीहरु पनि बिरामी परे भने यसले सबैलाई प्रभावित गर्नेछ । ”

यता शनिबार नै दशौँ हजार मानिसहरु सो निर्णयको विरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । धेरैले खोपको विरुद्धमा ‘अब त अति नै भयो’ भन्ने नारा सहित विरोध गरेका हुन् ।
संक्रमण बढ्दै जाँदा युरोपका अन्य क्षेत्रमा पनि लकडाउन लगायत कडाइ अपनाउन सुरु गरिएको छ । जस्तै चेक रिपब्लिक र स्लोभेकियाले खोप नलगाएका मानिसहरुमाथि नयाँ नियम लागू गर्न लागेका छन् । उता नेदरल्यान्ड्समा  पनि नयाँ कोभिड मापदण्ड जारी गरिएपछि त्यस विरुद्धको आन्दालोनले हिंसात्मक रुप लिएको छ ।

जर्मनीका स्वास्थ्य मन्त्रीले त राष्ट्रिय आपतकालको अवस्था आइसकेको भनेका छन्हुन् तर अर्को लकडाउन जारी नगर्ने बताए ।बेलायतमा शुक्रबार मात्र ४४ हजार २४२ नयाँ संक्रमित थपिएका छन् । बेलायत सरकारले यसको समाधानमा लकडाउन गर्ने कि अरु नै विकल्प अपनाउने भनेर विचार गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया