Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – आधुनिक प्रविधियुक्त चर्चित विद्युतीय कार टेस्लाका चालकहरूले कार निर्माता कम्पनीको एपमा आएको समस्याका कारण आफूहरू कार बाहिरै पर्नुपरेको बताएका छन् ।

टेस्ला कारका दर्जनौँ मालिकहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा मोबाइल एपले आफूहरूलाई कारभित्र पस्न नदिएको सन्देश पोस्ट गरेका थिए । टेस्लाका प्रमुख कार्यकारी इलोन मस्क आफैले दक्षिण कोरियाका एक चालकको गुनासोको जवाफ दिँदै ट्विटरमा भनेका थिए, के भएको हो पत्ता लगाउँदै छौँ ।

पछि मस्कले उक्त एप अनलाइन आएको बताएका थिए । चालकहरूले आफ्नो कार खोल्न र स्टार्ट गर्न टेस्ला एप प्रयोग गर्ने गर्छन् । कारधनीहरूले आफ्नो कार प्रयोग गर्न नपाएकोमा विभिन्न किसिमका गुनासो पोस्ट गरेका थिए । एकजना कारधनीले ट्वीट गर्दै भने, ‘म घरबाट एकघण्टा टाढ अडकिएको छु किनभने म मेरो फोनले नै कार स्टार्ट गर्ने गर्छु (अहिले त्यो भइरहेको छैन।)’त्यस्तो समस्या आएको पत्ता लगाउने डाउनडीटेक्टर भन्ने साइटले २१:४० जीएमटीमा करिब ५०० कार प्रयोग कर्ताले समस्या रिपोर्ट गरेको जनाएको छ । पाँच घण्टापछि त्यस्तो रिपोर्ट गर्नेको सङ्ख्या ६० भन्दा केही बढी थियो । मस्कले क्षमा माग्दै ट्वीट गरेका थिए, ‘हामी फेरि यस्तो नहोस् भन्ने निश्चित गर्ने उपाय अपनाउने छौँ ।’

कारभित्र छिर्न एप बाहेक पनि उपाय भएको द कार एक्सपर्ट वेबसाइटका स्टुआर्ट म्यासनले  भने । ‘कारभित्र छिर्ने दोस्रो उपाय पनि छ तर चालकहरूले त्यो उपाय आफूसँग ल्याएका छैनन् भने समस्या पर्छ,’ उनले भने । ‘प्रविधिले कुराहरू सजिलो बनाइदिन्छ तर त्यो जहिले पनि शतप्रतिशत काम गरिरहने सर्भरमा भर परेको हुन्छ । यो घरमै क्रेडिट कार्ड छोडेर जहाँ पनि स्मार्टफोनबाट पैसा तिर्न खोज्नु जस्तै हो । यदि एउटा मात्र तरिकामा भर पर्ने हो भने कुनै बेला हामी समस्यामा पर्न सक्छौँ ।’

तपाईको प्रतिक्रिया