Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अभिनेत्री नम्रता श्रेष्ठको ब्रेकअप भएको छ । उनी पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग चार वर्षदेखि प्रेममा थिइन् । नम्रता र दावाको जोडीको चर्चा नेपाली फिल्मी क्षेत्रमा बारम्बार भइरहेको हुन्थ्यो । तर, पछिल्लो समय सम्बन्धमा असहज महसुस गरेपछि यी दुईले सल्लाहमा नै ब्रेकअप गरेको समाचार नेपाली मिडियामा आउन थालेको छ ।

यसअघि सामाजिक सन्जालहरुमा नम्रताले दावासँग तस्वीर बाक्लै राख्ने गरेकी थिइन् । तर, आजभोलि उनले यसरी तस्वीर राख्न छाडेकी छिन् । उनले तस्वीरहरु राख्न छाडेपछि यो सम्बन्धबारे प्रश्नहरु उठ्न थालेका थिए ।

त्यसअघि उनीहरुको विवाह हुनसक्ने सम्भावनासमेत रहेको बताइएको थियो । उनीहरुले छिट्टै विवाह गर्न सक्ने अनुमान गरिन थालिएको थियो ।यसबारे यी दुईले औपचारिक रुपमा चाहिँ केही बताएका छैनन् ।

तपाईको प्रतिक्रिया