Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् । पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एसाेसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘जनआन्दोलनको एउटा प्रक्रियाबाट हामीले नेपाललाई सामन्तवादबाट मुक्त गर्‍याैं । याे परम्परागत लोकतन्त्र होइन । यो अझ सुदृढ प्रजातन्त्र हो । समावेशी लोकतन्त्र हो । यो समावेशी लोकतन्त्रसम्म ल्याई पुर्‍याउनका लागि के-के सत्य हुन् ? यो विचार कसले पैदा गर्‍याे ? यो अभियान कसेले थालनी गर्‍याे ? यो आँट कसले गर्‍याे ? भन्ने कुरा स्वतहः स्पष्ट छ । त्यो कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक छ ।’

देशमा सुदृढ प्रजातन्त्र ल्याउन प्रचण्डले ठूलाे भूमिका खेलेकाे उनकाे भनाइ छ । ‘नेकपा (माओवादी)ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो । यो कुनै बनावटी कुरा होईन । कसैको प्रशंसाको कुरा होइन । यो माओवादीका मात्रै कुरा होईन, परिवर्तनको कुरा हो । यो तथ्यलाई स्थापित गर्नुस्’, उनले भने ।

उनले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चारमाध्यमहरूले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया