Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – झण्डै दुई क्विन्टल करुवा बनाउने कच्चा पदार्थ र करुवासहित प्रहरीले भक्तपुरबाट चार भारतीयलाई पक्राउ गरेको छ ।

भक्तपुरको सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट चोरी गरेको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको भण्डै दुई क्विन्टल करुवासहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको हैदरावाद घर भई हाल काठमाडौंँको सिनामंगल बस्ने १८ वर्षको राजु गिरी, सोही ठाउँका १८ वर्षीय बैँकटेस गिरी, भारतकै मोतिहारी घर भई हाल काठमाडौंको बालेश्वर बस्ने ३० वर्षीय मुन्ना साह र सोही ठेगाना घर भएका ३५ वर्षीय नारद साह छन् । राजु गिरी चोरीका सामान किन्ने व्यक्ति भएको प्रहरीको भनाई छ ।

उनीहरुको गएको कात्तिक ३० गते मध्यराति उद्योगबाट साढे २९ किलो तौल भएको ढलौटको बैठक, ७४ किलोको ढलौटको करुवाको मुख, ४७ किलोको पानसको डण्डी र ४ किलो ढलौट चोरी गरेका महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

उनीहरुलाई शुक्रबार जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया