Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुसालले आगामी निर्वाचनबाट माओवादी केन्द्र देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेकी छन् ।

आज बिहान ललितपुरको गोदावरी नगरपालिका ३ मा वडा सम्मेलन उद्घाटन गर्दै मन्त्री भुसालले समाजवादको राजनीतिक र सामाजिक आधार तयार गर्न पनि माओवादी बलियो बन्नुपर्नेमा जोड दिइन् । आज  माओवादी केन्द्रले देशव्यापी रुपमा वडा सम्मेलन गर्दैछ । वडा सम्मेलन अन्तर्गत मन्त्री भुसालले गोदावरीमा वडा सम्मेलन उद्घाटन गरेकी हुन् ।

माओवादीले आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि मंसिर ११ गते सबै पालिकामा र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गरिने माओवादी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया