शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो –  के तपाईं चाउचाउ पराउनुहुन्न ? जापानमा कप नूडल्स वा इन्स्ट्यान्ट नूडल्स हाम्रो खाजा/नास्ताको अभिन्न हिस्सा बनेको छ । यो स्वादिलो, सस्तो र सजिलो परिकार हो ।

जापानी व्यवसायी मोमोफुकु एण्डोले आधुनिक तयारी चाउचाउ (इन्स्ट्यान्ट नूडल्स) को आविष्कार गरेका हुन् । उनले  इन्स्ट्यान्ट नूडल्स उत्पादन गर्न आवश्यक पर्ने सम्पूर्ण विधि – स्टीमिंग, सिसनिंग, डिहाइड्रेटिंग  प्रक्रियाको विकास गरेका  थिए ।  एण्डोको कम्पनी निसिनले सन् १९५८ अगष्ट २५ मा पहिलो पटक जापानमा ‘चिकेन रामेन’को नाममा तयारी चाउचाउ बिक्री गरेको थियो । उमालेको पानी थपेर मात्र दुई मिनेटमा खान तयार हुने सो उत्पादनको लोकप्रियता तुरुन्तै सनसनी बन्न पुग्यो । र आधुनिक खानामा खेल परिवर्तनकर्ता बन्यो । चिकिन रामेनलाई सुरुमा लग्जरी वस्तु मानिन्थ्यो ।

थप विकास स्वरुप एन्डोको कप नूडल्सको आविष्कार सन् १९७१ मा भएको थियो । अहिले संसारभर अनगिनत चाउचाउ  कम्पनी स्थापित छन् ।

सन् २००० मा जापानमा गरिएको एउटा सर्वेक्षणमा सहभागीहरुले २०औं शताब्दीको जापानको सबैभन्दा उत्कृष्ट आविष्कारका रुपमा तयारी चाउचाउ छानिएको थियो ।

तपाईको प्रतिक्रिया