Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले सर्लाही जिल्ला अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतमाथि कुटपिट गरेको छ । सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वको इतर समूहको टोलीले पार्टी कार्यालयमा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डेयलाई कुटपिट गरेको हो ।

सांसद सिंह, पूर्व सभापति लक्ष्मण राय यादव र सचिव नवीन अधिकारीको टोलीले निर्वाचन अधिकृत पाण्डेयमाथि पार्टी कार्यालयमै कुटपिट गरेको सर्लाही कांग्रेसका सभापति नागेन्द्रकुमार रायले जानकारी दिएका छन् । ‘अधिवेशनका लागि मतदान अधिकृत खटाउन समझदारी गर्न पार्टी कार्यालयमा छलफल चलिरहेको थियो अमरेशकुमार सिंह, लक्ष्मण राय र नवीन अधिकारीसहितको एक डेढ सय जनाको समूह आएर निर्वाचन अधिकृतमाथि कुटपिट गरियो ।’

जिल्ला सभापति रायले निर्वाचन अधिकृतमाथि नै कुटपिट हुँदा पनि स्थानीय प्रहरी–प्रशासन मुकदर्शक बनेको आरोप लगाए । ‘प्रहरीले असक्षमता देखायो । कुनै सहयोग गर्न सकेन,’ उनले भने, ‘मन्त्री विरेन्द्रकुमार सिंह र निर्वाचन अधिकृत भित्रै हुनुहुन्छ । सीडीओ र एसपीले कुटपिट गर्नेलाई नसमात्न लगाए न हामीलाई सहयोग गरे ।’

सभापति रायले कुटपिट गरिएका निर्वाचन अधिकृतको स्वास्थ्य अवस्थाका बारेमा भने विस्तृत जानकारी दिएनन् । पाण्डेय सर्लाही जानु अघि केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रक्रिया सुरु गर्न खटाएका जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका थिए । कात्तिक २६ गते उनले राजीनामा दिएपछि सर्लाहीमा अधिवेशन गर्ने जिम्मेवारी पाण्डेलाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया