Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ मार्फत उनी झण्डै ६ महिनापछि अभिनयमा फर्किएकी हुन् । पल्पसा डंगोलका दुबै मिर्गौला फेल भएपछि अभिनयबाट टाढा भएकी थिइन् । मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा रहेकी डंगोल स्वास्थ्य अवस्थामा सुधार आएपछि अभिनयमा फर्किएकी हुन् । मेरी बास्सै टिमले पल्पसालाई फूलमालाले स्वागत गरेको थियो ।

 

लामो समयपछि छायांकन सेटमा फर्किदा पल्पसाको मन भारी भएको थियो । उनले उक्त क्षण आफ्ना लागि निक्कै भावनात्मक रहेको सुनाइन् । डंगोल मागको तेस्रो साता मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा छिन् । उनलाई परिवारकै एक सदस्यले मिर्गौला दिनेछन् । प्रत्यारोपणका लागि कानूनी प्रकृया पूरा गर्ने चरणमा रहेको पल्पसाले सुनाइन् ।

 

गत जेठदेखि उनका दुबै मिर्गौला फेल भएका हुन् । ८ वर्ष अघि नै मिर्गौलामा समस्या देखिएपछि उनले परिवारलाई नभनी नियमित उपचार गराउँदै आएकी थिइन् । जेठ यता उनी सातामा दुईपटक नियमित डायलाइसिस गराउँदै आएकी छन् ।

तपाईको प्रतिक्रिया