बिहिबार, फाल्गुण १७, २०८०
Thursday, February 29, 2024

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमार र कैटरिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’ अहिले चर्चामा छ । चलचित्रले हलमा आएको केही दिनमै अत्याधिक कमाई गर्न सफल भएको छ । सूर्यवंशीले बक्सअफिसमा २०० करोड भारतीय रुपैयाँ कमाउन अगाडि बढिरहेको निर्माता पक्षले बताएका छन् ।

यस चलचित्रले हलमा आएको पहिलो हप्तामा नै १२० करोड रुपैयाँ कमाएको थियो । यस्तै दोस्रो हप्तामा चलचित्रले ६ दिनमा फिल्मले ४२.५० करोड भारतीय रुपैयाँ कमाएको छ । चलचित्रले १ सय ६० करोड रुपैयाँको आँकडा पार गरिसकेको छ । यस हप्ता रानी मुखर्जी र सैफ अली खानको चलचित्र ‘बन्टी और बबली २’ सिनेमाघरमा रिलिज हुँदैछ । यसले केही कमाई घटाउन सक्नेट ।

यद्यपी सूर्यवंशीले २ सय करोड भारतीय रुपैयाँ कमाई गर्नेतर्फ लम्किएको जनाएको छ ।

तपाईको प्रतिक्रिया