Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउन आफूले कुनै वचन नदिएको दाबी गरेका छन् । प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ र नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, “हामीबीचमा कुराकानी भएको हो । शेखर दाले म सभापतिमा लड्छु भन्नुभयो, मैले आफू पनि लड्ने बताएँ । तर शेखरा दा’ नै सभापतिको उम्मेदवार हुनुपर्छ भनेको छैन । सभापतिमा मेरो पनि दाबी छ । सभापतिका लागि सबैभन्दा सक्षम र सबैले रुचाएको सफल नेतृत्व मै हुँ । देशभरिका कार्यकर्ताले मलाई सभापति उठ्नुपर्छ भनिरहेका छन् ।”

हिजो पत्रकार सम्मेलन गरेर शेखरलाई सभापतिको उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छाडेर तपाईं संखुवासभा जानुभएको व्यापक चर्चा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हाम्रो बीचमा कुरा भएको हो । तर उहाँलाई अघि बढ्नोस् भनेको छैन । संखुवासभाका पार्टी सभापति दीपक खड्काले जाऊँ भन्नुभयो, म यता आएँ ।”
महामन्त्री कोइरालाले आफू चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट ब्याक हुने सम्भावना नरहेको उनले स्पष्ट पारे । तर, पार्टीभित्र सहमति गरेर अघि बढ्ने उनको भनाइ छ । उनले थपे, “हाम्रो बीचमा फाइनल कुरा हुन बाँकी छ । तर हामीबीच सहमति हुन्छ । सबै जनाले मलाई नै समर्थन गर्नुुहुन्छ । शेखर दा र सुजाताको पनि मलाई नै समर्थन रहन्छ । म अब अघि बढेँ । साझा उम्मेदवार मै हुँ ।”

आफूले प्रकाशमान सिंहलाई काठमाडौंबाहिर चिन्दैनन् नभनेको पनि बताए । उनले भने, “मैले प्रकाशमानलाई कसैले चिन्दैनन् भनेको छैन । प्रकाशमान काठमाडौंमा जति परिचित छन्, काठमाडौं बाहिर त्यस्तो जमात छैन भनेको हुँ । हामीबीच कुनै दूरी छैन ।”
पार्टीका वरिष्ठ नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र आफूबीच सहमति हुनैपर्ने उनले बताए । उनले भने, “सहमति नभए त हामीले जित्दैनौं । यो अस्तित्वको लडाइँ हो । अन्तिम सल्लाह गर्न बाँकी छ । तर हामी एउटै उम्मेदवारी दिन्छौं ।”

तपाईको प्रतिक्रिया