Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ – आजबाट नयाँ ई–पासपोर्टको शुरूआत भएको छ । राहदानी विभागले एक कार्यक्रम गर्दै डिजिटल नेपालअन्तर्गत नयाँ इलेक्ट्रोनिक पासपोर्ट जारी गर्न शुरू गरेको हो ।विभागले पहिलो इलेक्ट्रोनिक पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिएको थियो ।राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले प्रविधिमा नयाँ फड्को मार्दै ई–पासपोर्ट आएको बताए ।

इलेक्ट्रोनिक पासपोर्ट लागू भएपछि पुराना पासपोर्ट के हुन्छ भन्ने धेरैको जिज्ञासा छ । आज राहदानी विभागको नयाँ भवनमा भएको कार्यक्रममा महानिर्देशक अर्यालले समयावधि सकिएका पुराना पासपोर्ट नयाँ बनाउनुपर्ने बताए । तर समयावधि भएका एमआरपी पासपोर्टले काम गर्ने उनले बताए ।

‘ई–पासपोर्ट विस्तारै लागू हुँदै जान्छ । अहिले नै पुरानो पासपोर्टलाई परिवर्तन गरिहाल्नुपर्ने भन्ने होइन,’ कार्यक्रममा अर्यालले भने, ‘म्याद सकिएका र नयाँ पासपोर्ट बनाउनेले ई–पासपोर्ट पाउनुहुन्छ ।’

उनका अनुसार अहिले ई–पासपोर्ट बनाउन बाध्यकारी छैन । नेपाल आईकाओको सदस्य राष्ट्र भएपछि सन् २०१० देखि मेसिन रिडेबल पासपोर्ट शुरू भएको थियो । सन् २०१५ देखि पूर्णरूपमा हस्त लिखित राहदानी विस्थापित भएको थियो । त्यसयता एमआरपी पासपोर्ट प्रयोग हुँदै आएको थियो । अब फेरि कहिलेसम्म एमआरपी विस्थापित गरिसक्ने समय सीमा नभएता पनि छिट्टै विस्थापित हुने अर्यालले बताए ।

ई–पासपोर्ट नयाँ भवनबाट, एमआरपी भने नारायणहिटीबाटै बन्ने

नयाँ ई– पासपोर्ट बनाउने व्यक्तिहरूले अग्रिम बुकिङ लिइसकेपछि राहदानी विभागको नयाँ भवन काठमाडौंको त्रिपुरेश्वरमा आउनु पर्ने महानिर्देशक डोरनाथ अर्यालले बताए । अर्जेन्ट परेर एमआरपी बनाउनेहरू भने पुरानै ठाउँ नारायणहिटी दरबारमै जानु पर्ने उनले बताए ।

‘हामीले आजबाट ई–पासपोर्ट बाहेक अन्य कुनै पासपोर्ट जारी गर्दैनौं तर अर्जेन्ट पर्नेले पुरानै ठाउँमा जानुपर्छ,’ अर्यालले लोकान्तरसँग भने ।

कसरी लिने ई–पासपोर्ट ?

राहदानी विभागको बेवसाइटमा गएर ई–पासपोर्ट बनाउनका प्रि–अनलाइन फर्म भर्नु पर्नेछ । त्यो फर्म भरेपछि पासपोर्ट लिने समय दिनेछ । त्यही समयको आधारमा त्रिपुरेश्वर भएर आफ्नो अभिलेख, बायोमेट्रिकसहित भरेर पासपोर्ट लिन सकिने विभागका महानिर्देशक अर्यालले बताए ।

ई–पासपोर्ट लिन अनिवार्यरूपमा राष्ट्रिय परिचय पत्र वा परिचय पत्रको नम्बर आवश्यक हुने विभागले बताएको छ ।

राष्ट्रिय परिचय पत्र नम्बर नभएको खण्डमा सिफारिशका लागि जिल्लामा जानुपर्ने आवश्यकता नहुने महानिर्देशक अर्यालले बताए ।

राहदानी विभागको दायाँ साइटमा अनलाइन प्री–एलोटमेन्ट लेखिएको रातो बक्समा क्लिक गर्ने र त्यहाँ दिएको क्याप्चा हानेपछि व्यक्तिगत विवरण भर्ने बक्स खुल्छ र त्यहाँ आफ्नो व्यक्तिगत विवरण भर्नुपर्छ । ४ वटा सेक्सन रहेकोमा ‘नेक्स्ट अफ किन’ अर्थात आफ्नो रगतको नाताको विवरण भर्नुपर्छ ।

तेस्रो बक्समा अपोइन्टमेन्ट बक्स खुल्छ । त्यसमा आफूलाई पायक पर्ने समय र दिनको समय लिन सकिन्छ । र, अन्तिममा सबमिट प्रक्रिया पूरा हुन्छ । त्यसपछि आफूले चाहेको समयमा गएर पासपोर्ट लिन सकिन्छ ।

६ प्रकारका पासपोर्ट, सामान्य राहदानीको रंग फेरियो

राहदानी विभागले सामान्य राहदानीको रङ परिवर्तन गरेर चक्लेटी रंगको पासपोर्ट बनाउने भएको छ । यसअघि सामान्य पासपोर्ट हरियो रंगको हुन्थ्यो ।

कूटनीतिक पासपोर्ट (रातो), विषेश पासपोर्ट (निलो), अस्थायी पासपोर्ट, सिम्यान्स अभिलेख पासपोर्ट, सर्भिस पासपोर्ट (गाढा रातो) र सामान्य पासपोर्ट (चकलेटी) रंगका हुनेछन् ।

३४ पेज र ६६ पेजको पासपोर्ट लिन पाइने

अब जारी हुने ई–पासपोर्ट भने विदेश भ्रमण गर्ने आवश्यकता अनुसार लिन पाइने भएको छ । राहदानी विभागका अनुसार अब ३४ पेजको राहदानीको सामान्य अवस्थामा जिल्लाबाटै आवेदन दिँदा ५ हजारमा लिन पाइन्छ ।

विभागबाटै लिन चाहेको खण्डमा १२ हजार तिर्नुपर्छ । ६६ पेजको पासपोर्ट विभागबाट लिँदा २० हजार रुपैयाँ तिर्नुपर्छ ।

यसभन्दा अगाडि ३२ पेजको एमआरपी पासपोर्ट जारी हुँदै आएको थियो ।

सामान्य दिनमा जिल्लाबाट ५ हजार, ३ दिनको १० हजार र अर्जेन्ट एकै दिनमा १५ हजार तिरेर पासपोर्ट पाइन्थ्यो ।

तपाईको प्रतिक्रिया