Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच फोन वार्ता भएको छ । फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा छलफल भएको छ ।

पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह समेत गरेका छन् । उनीहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ । रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबीचको नियमित बैठकको प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया