Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको समस्या अदालतबाटै समाधान होस् भन्ने चाहेको बताएका छन् । प्रचण्डले पाँच दलीय गठबन्धनको समन्वयन समितिको बैठकले सर्वोच्च अदालत विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने मनसाय राखेको बताएका हुन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएका हुन् । प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै देशको सर्वोच्च संवैधानिक निकाय सर्वोच्चको विवाद सर्वोच्चबाटै सक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया