Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपालले १७१ देशसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापित गरेको छ । तीमध्ये ३० देशमा राजदूतावास स्थापना भएका छन् । तीन स्थान (न्यूयोर्क, जेनेभा र भियना) मा संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगहरूमा नेपाली प्रतिनिधि रहने गरेका छन् । तर, वर्तमान देउवा सरकारको गतिहीन काम गराइका कारण अहिले २३ देशका नेपाली दूतावास एवं नियोगहरू नेतृत्वविहीन बनेका छन् ।

भू–राजनीति, आर्थिक आवश्यकता र प्राथमिकता, बहुपक्षीय संगठन आदिमा नेपालको हित प्रवर्द्धन, विदेशस्थित नेपालीलाई दिनुपर्ने सार्वजनिक सेवा प्रवाह र गैर आवासीय नेपालीले देशको हितमा पुर्‍याउन सक्ने सम्भाव्य क्षेत्रको पहिचान गर्ने जस्ता कार्यमा केन्द्रित हुनुपर्ने अधिकांश कूटनीतिक नियोगहरू भने नेतृत्वविहीन छन् ।
उत्तरी छिमेकी चीनमा समेत सरकारले राजदूत पठाउन सकेको छैन । त्यस्तै, नेपाललाई उल्लेख्य सहयोग गर्ने जापानबाट समेत राजदूत फिर्ता बोलाइएको छ । साथै, अस्ट्रियाको भियनास्थित स्थायी नियोग र इजिप्टमा अवस्थित राजदूतावास पनि लामै समयदेखि नेतृत्वविहीन रहँदै आएको अवस्था छ ।

पछिल्लो समय तीन देश (भारत, अमेरिका र बेलायत) का लागि राजदूतहरू सिफारिस गरिएको भए पनि  संसदीय सुनुवाइ हुन नसक्दा नियुक्तिको प्रक्रिया सम्पन्न भैसकेको छैन ।  योसहित २० स्थानमा राजदूत पठाउने कुरा अझै अनिश्चित बनेको छ ।

केपी शर्मा ओलीका पालामा राजनीतिक रूपमा नियुक्त गरिएका राजदूतहरूलाई देउवा सरकारले एकैसाथ फिर्ता बोलायो । तर, खाली रहेका दूतावासहरूमा उसले नयाँ राजदूतहरू पठाउन सकेको छैन । नयाँ राजदूत पठाउने विषयमा परराष्ट्र मन्त्रालय गठबन्धन दलका शीर्ष नेताहरूको मुख ताकेर बसेको छ ।

‘परराष्ट्रका एक अधिकारी रातोपाटीसँग भन्छन्, ‘अब नयाँ राजदूतहरू नियुक्त गर्ने विषयमा राजनीतिक तहमा शीर्ष नेताहरूले छलफल गरिरहनुभएको होला, यसमा परराष्ट्र मन्त्रालयले मात्रै केही गर्न सक्दैन । तथापि राजदूत नियुक्तिसम्बन्धी मापदण्डअनुसार ५० प्रतिशत कर्मचारीबाट नियुक्त हुनैपर्छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार बेल्जियम, क्यानाडा, फ्रान्स, जर्मनी, कुवेत, पाकिस्तान, थाइल्यान्ड र युएईमा मात्र राजदूतहरू कार्यरत छन् ।संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संघ संस्थाका लागि स्थापित  स्वीट्जरल्याण्ड र न्यूयोर्कमा रहेका स्थायी नियोगमा पनि कूटनीतिक नेतृत्व कायम छन् ।

हाल कार्यरत राजदूतहरूमा गहेन्द्र राजभण्डारी ( बेल्जियम), भृगु ढुंगाना(क्यानडा), दीपक अधिकारी (फ्रान्स), रामकाजी खड्का(जर्मनी), दुर्गा भण्डारी(कुवेत), तपस अधिकारी (पाकिस्तान), गणेश ढकाल (थाइल्यान्ड), कृष्णप्रसाद ढकाल (युएई), मणिप्रसाद भट्टराई (स्वीटजरल्याण्ड) र अमृतबहादुर राई (न्यूयोर्क) छन् । यी बाहेक अन्य मुलुकमा राजदूतावास खाली छन् ।

मध्यपूर्व, जहाँ लाखौँ नेपाली रोजगारीका लागि गएका छन्, ती देशमा रहेका नेपाली कूटनीतिक नियोगमा  नेतृत्व छैन । मध्यपूर्वका विभिन्न देशहरू हेर्ने गरी  बहराइन, इजिप्ट, इजरायल, कुवेत, ओमान, कतार र साउदी अरेबियामा राजदूतावास खोलिएका छन् । तर इजरायल, बहराइन, ओमान, कतार, साउदी अरब र इजिप्टस्थित राजदूतावासमा राजदूत छैनन् ।

त्यसै गरी ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत रहेको मलेसिया होस् वा रोजगारीको लागि आकर्षणको थलो बनेको दक्षिण कोरियामा पनि राजदूत छैनन् । त्यसै गरी नेपाली विद्यार्थीको प्रमुखमध्ये एक गन्तव्य अस्ट्रेलियादेखि जापान र चीनसम्मका राजदूतावास मियोबिना चलिरहेका छन् ।

तपाईको प्रतिक्रिया