Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेकपा एमालेकी नेतृ कोमल ओलीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । चितवनको नारायणी किनारमा आगामी मङ्सिर १० गतेदेखि हुने एमालेको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उठ्ने ओलीले जानकारी गराएकी छन् ।

एमालेले नेतृत्व चयनका लागि महाधिवेशन गर्दैछ । असोज तेस्रो साता ललितपुरको गोदावरीमा एमालेले विधान महाधिवेशन सम्पन्न गरिसकेको छ । चितवनमा हुन लागेको महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुने एमालेले जनाएको छ । एमाले महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले आ-आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यसैबीच ओलीले आफू केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्न लागेको बताइन् ।

रेडियो नेपालको जागिर छाडेर ०७३ सालदेखि राजनीतिमा सक्रिय भएकी ओली राष्ट्रियसभा सदस्य पनि हुन् । तत्कालीन नेकपाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी उनी पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छिन् । दाङ स्थायी घर भएकी उनी गत निर्वाचनदेखि एमालेमा सक्रिय भएर लागेकी हुन् । ओली लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् ।

तपाईको प्रतिक्रिया