Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टीभ दिन तयार छौँ ।’

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिएका थिए । उनले ऊर्जा उत्पादकहरूले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया