Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेको चितवनमा हुने १०औं महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चयन गर्ने कार्य सकिएको छ । गत शनिबारदेखि जारी प्रतिनिधि चयनको क्रम मंगलबार सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

रसुवाबाट सात जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १,९९९ जना प्रतिनिधि चयन भएको उनले बताए । चयन भएका प्रतिनिधिको विवरण मंगलबारसम्म केन्द्रीय कार्यालयमा बुझाइसक्ने महाधिवेशनको कार्यतालिका थियो । पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५-१५ जना निर्वाचित हुने छन् ।

एमालेले यस पटकको महाधिवेशनमा विद्युतीय मेशिनबाट मतदान गर्ने तयारी गरेको छ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

तपाईको प्रतिक्रिया