Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको गठनबन्धनलाई आसन्न चुनावसम्म लम्ब्याउने अहिलेसम्म सहमति नभएको बताएका छन् । कांग्रेस, माओवादी, नेकपा (एस) का नेताहरुले यो गठनबन्धन चुनावसम्म जाने बताइरहँदा नेता भट्टराईले भने यसबारेमा कुनै सहमति नभएको बताएका हुन् ।

संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गृह जिल्ला गोरखा आएका उनले गठबन्धन भएमा राम्रो हुने तर्क गरेका छन् । ‘सरकारमा रहेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा अहिलेसम्म सहमति भएको छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका उनले भने, ‘म यता आएपछि एक-दुई दिनयता भएको भए मलाई थाहा छैन । तर गठबन्धन भई दिए हुन्थ्यो भन्ने चाहिँ मलाई पनि लागेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वंश पार्ने ढंगले विध्वंशात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य पार्टीको तालमेल आवश्यक रहेको उनले बताए । ‘प्रतिगमनको हर्कत रोक्नका लागि पाँचै दल एकमत हुन नसके पनि जो सहमति हुन्छ ती दलहरु गठबन्धन गरेर प्रतिगमन शक्तिलाई टाउको उठाउन दिनु हुन्न’, उनले भने ।

अहिले स्थायी किसिमको संयन्त्र बनाएर गठबन्धनलानई अघि बढाउने प्रक्रिया भने अघि बढेको उनले बताए । ‘तर अहिलेसम्म यही गठबन्धन चुनावसम्म जाने भन्ने निर्णय छैन’, उनले भने ।

हाल मुलुकमा न्यायपालिकाको विवाद गिजोलिएर गएकाले व्यवस्थापिकाबाट समाधान खोज्नुपर्ने उनको तर्क छ । ‘राज्यलाई अपाङ्ग बनाएर लामो समय राख्नु हुँदैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक एकअर्काबीच समस्याग्रस्त हुँदा त्यसलाई समाधान गर्नको निम्ति राजनीतिक दलहरुले समाधानको पहल लिनुपर्छ’, उनले भने, ‘आफै भित्रबाट मात्रै हल भएन भने व्यवस्थापिकाबाट समाधान गर्नुपर्छ, जो न्यायपालिका र कार्यपालिकाभन्दा माथि हुन्छ त्यसले चाँही आवश्यक पहल गर्नुपर्छ ।’

‘सुज’ अभियान लिएर कात्तिक २२ गतेदेखि भट्टराई गोरखामा छन् । दुर्गम गाउँमा पैदल हिँडेर र तल्लो भेगमा गाडीमार्फत टोलटोलमा पुगेर उनी जनता भेटघाट गरिरहेका छन् । स्थानीयस्तरको समस्या, जनताको गुनासो सुन्ने, घरघरमा पुगेर सल्लाह लिने गरी अभियान सञ्चालन गरेको डा. भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया