Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चीनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।

केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर विश्व समुदायलाई चक्मा दिलाएका थिए । तर, ताइवानबारे सैन्य विवादको बढ्दो चासोसँगै यी दुई देशबीच मतभेद कायमै छ । दुई नेताबीच हुन लागेको तेस्रो बैठकमा विभिन्न विषयमा छलफल हुनेछ ।

वार्तामा साइवर सुरक्षा, व्यापार, परमाणु हतियारजस्ता विषयमा छलफल हुनेछन् । बाइडेन राष्ट्रपति भएपछि यी दुई नेताबीच वार्ता भएको छ, यद्यपी सम्बन्धमा कुनै सुधार आउन सकेको छैन् ।

 

तपाईको प्रतिक्रिया