Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले टि–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ । गएराति युएईको दुबईमा भएको फाइनलमा अष्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले निराश पार्दै पहिलोपटक टि–२० विश्वकपको उपाधि उचालेको हो । अष्ट्रेलियालाई सहज जित दिलाउन मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ गरेका थिए । मार्स फाइनलको प्लेयर अफ दि म्याच भए भने वार्नर प्लेयर अफ दि सिरिज घोषणा भए । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेले ।

न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्न सफल भयो । कप्तान आरोन फिन्च पाँच रन आउट भउपछि १५ रनमा पहिलो विकेट गुमाएको अस्ट्रेलियाको इनिङ मार्स र वार्नरले सम्हालेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नरले ३८ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए ।

त्यसपछि पनि मार्सले इनिङ सम्हाले । सोक्रममा उनले मार्सले अविजित ५० बलमा ७७ रन बनाए । मार्सले ६ चौका र चार छक्का प्रहार गरेका थिए । ग्लेन म्याक्सवेलसँग अविजित ६६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई मार्सले जित दिलाए । चौंथो क्रममा आएका म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्कासहित अविजित २८ रन जोडे । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टबाहेक अन्य खेलाडीले बलिङमा राम्रो पदर्शन गर्न नसक्दा अष्ट्रेलिया सहजै लक्ष्यमा पुगेको हो । चार ओभर खेलेका बोल्टले मात्र १८ रन खर्चिएर दुई विकेट लिए । न्युजिल्यान्डले लिएका दुईवटै विकेट उनको नाममा रहे ।

यसअघि, टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर १७२ रनको योगफल बनाएको थियो । केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा परिपक्व ब्याटिङका साथ ८५ रनको अर्धसतकीय इनिङ खेले ।  ओपनर डारिल मिचेल ११ रनमा आउट भएपछि दबाबमा आएको न्युजिल्यान्डको इनिङ सम्हाल्ने क्रममा विलियम्सनले दोस्रो विकेटका लागि मार्टिन गप्टिलसँग ४८ तथा तेस्रो विकेटका लागि ग्लिन फिलिप्ससँग ६८ रनको साझेदारी गरे ।

सो क्रममा विलियम्सनले ४८ बलमा १० चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, मार्टिन गुप्तिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निसमले १३, डारयल मिचेलले ११ तथा टिम सेइफेर्टले आठ रनको योगदान दिएपछि न्युजिल्यान्डले १७२ रनको योगफल खडा गरेको थियो । यद्यपि, बलरहरूले गतिलो प्रदर्शन गर्न नसक्दा यो जितका लागि पर्याप्त भएन ।  अस्ट्रेलियाका लागि जोस हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए । त्यस्तै, एडम जाम्पाले एक विकेट हात पारेका थिए । यससँगै टि–२० विश्वकपको सातौं संस्करण सकिएको छ । वेस्ट इन्डिजले सर्वाधिक दुईपटक उपाधि जितेको छ । यसैगरी, भारत, इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले एक÷एक पटक उपाधि जितेका थिए ।

एकदिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको अष्ट्रेलियाका लागि यो पहिलो टि–२० विश्वकप उपाधि हो । टोलीले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन । सन् २०१० मा भने फाइनलमा पुगेको थियो । अर्कोतिर, न्युजिल्यान्ड भने पहिलोपटक टि–२० को फाइनलमा पुगेको हो ।

तपाईको प्रतिक्रिया