Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छन् ।

सामूदायिक रेडियो प्रशारक संघ (एकोर्‍याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताइन् ।

‘विशेषज्ञ र सरोकारवालालाई अध्ययन गराएर कार्यायोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ,’ उनले भनिन्, ‘स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको मार न्यूनीकरणमा पनि मद्दत पुग्छ ।’ जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा उनले जोड दिइन् ।

तपाईको प्रतिक्रिया