Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले फेरि पनि प्रतिक्रियावादीहरु आफूलाई नै सिध्याएर माओवादी सक्ने अभियानमा लागेको बताए । ‘फेरि पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने भनेर लागिरहेका छन् । किनभने प्रचण्ड नसिद्धिदासम्म माओवादी सिद्धिने भएन भन्ने ठानेर घेराबन्दी त्यसरी नै भइरहेका छन्’, प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि र प्रचण्ड सिध्याउने षडयन्त्रमा प्रतिक्रान्तिकारीहरुले तारो बनाएकाले ‘बुलेटप्रुफ’ बनेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए । उनले एउटै कालखण्डमा धेरै प्रचण्डहरू बन्न नसक्ने भन्दै प्रचण्ड नेपालको आन्दोलनले जन्माएको बताए ।

‘प्रचण्ड नेपाली जनताले जन्माएको हो । तपाई हामी सवै लडेर निर्माण गरेको हो प्रचण्ड । व्यक्ति होइन प्रचण्ड । फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्’, अध्यक्ष प्रचण्डले भने, ‘थुप्रै मार्क्स हुने, लेनिन हुने, थुप्रै माओ हुने हुँदैन ।’ अध्यक्ष प्रचण्डले विप्लव, वैद्य लगायतका नेताहरु अलग भएर नभई एक ठाउमा आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले त्यसबारे नेताहरुसँग कुराकानी भइरहेको भन्दै उनीहरु छिट्टै आउने विश्वास समेत व्यक्त गरे ।

‘यो मञ्चबाट म ढिलोछिटो विप्लवजी पनि आउनु हुन्छ भनेर म विश्वास पनि व्यक्त गर्नुहुन्छ । अलग अलग भएर होइन अव हामी सवै एक ठाउँ बसेर मात्रै नेपाली क्रान्तिलाई मौलिक तरिकाले, नयाँ अनुसन्धान गरेर अगाडि लान सकिन्छ’, प्रचण्डको भनाइ छ । उनले विप्लवसँग छिटै हात मिलाउने प्रतिक्षामा रहेको दावी समेत गरे ।

तपाईको प्रतिक्रिया