Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार (आज) पाकिस्तान र अस्ट्रेलिया भिड्दैछन्। लयमा रहेको पाकिस्तान बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई पराजित गर्दै तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ।

समूह चरणका पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको पाकिस्तान उच्च मनोबलमा रहेको छ। त्यसमा कप्तान बाबर अजामको उत्कृष्ट लयले आत्मविश्वास अझ बलियो पार्नेछ। पाकिस्तानले सन् २००९ को टी–२० विश्वकप क्रिकेटको उपाधि जितिसकेको छ। त्यस्तै २००७ को पहिलो संस्करणमा पनि फाइनल पुगेको थियो। तर सन् २००९ यता भने पाकिस्तान फाइनल पुग्न सकेको छैन।

उता अस्ट्रेलियाले भने हालसम्म उपाधि जित्न सकेको छैन। सन् २०१० को विश्वकपमा फाइनल पुगे पनि उपाधिका लागि इङ्ल्यान्ड बाधक बनेको थियो। यसपटक समूह चरणका पाँचमध्ये चार खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको अस्ट्रेलिया लयमा रहेको पाकिस्तानलाई ‘ब्रेक’ लगाउँदै फाइनल यात्रा तय गर्न चाहन्छ। यद्यपि समूह चरणका खेलमा अस्ट्रेलियाका खेलाडीमा केही उतारचढाव देखिएको थियो। जसका कारण खेलाडीमा आत्मविश्वास कम हुनसक्छ।

आजको विजेताले आइतबार फाइनलमा न्यूजिल्यान्डको सामना गर्नेछ। न्यूजिल्यान्ड सेमिफाइनलमा इङ्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक फाइनल पुगेको हो।

तपाईको प्रतिक्रिया