Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भारतले कब्जा गरेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकमा पनि सरकारले जनगणना गर्ने भएको छ । यस अघिको केपी ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी जारी गरेको नक्सामा आधारित रहेर केन्द्रीय तथ्यांक विभागले यी क्षेत्रमा पनि जनगणना गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालले नक्सामा समावेश गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकमा पनि जनगणना हुने जानकारी दिए ।  ‘राष्ट्रिय जनगणना-२०७८ को लागि हाम्रो सम्पूर्ण तयारी पूरा भएको छ । अब भोलिदेखि हामी जनगणनाको काम थाल्छौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो । नेपालले जारी गरेको नक्सामा पनि यी भूभाग नेपालतिरै छ । हाम्रो भूमि भइकन पनि यी ठाउँमा नेपालीलाई सहज आवागमन छैन’ श्रेष्ठले भने, ‘भारतीय आर्मीले यी भागलाई घेरेर राखेका छन् । हामीलाई छिर्न दिँदैनन् । तर, हामी यी भागमा पनि जनगणना गर्दैछौं । गणनाको लागि कूटनीतिक रूपमा पहल भइरहेको छ । कूटनीतिक रूपबाट समाधान भयो भने भौतिक रूपमा जनगणना गर्छौ ।’

भारतले भौतिक रूपमा जनगणना गर्न नदिए प्रविधिसहितका अन्य विधि प्रयोग गरिने जानकारी श्रेष्ठले दिए ।  ‘कूटनीतिक तवरबाट जनगणना गर्ने वातावरणको प्रयास भइरहेको छ । नभए हामी प्रविधिको प्रयोग गर्छौ । यसमा स्याटलाइटको प्रयोग हुन्छ । हामीसँग त्यहाँका घरहरूको विवरण छ’ श्रेष्ठले भने, ‘साथै त्यो एरियामा हुने नातापर्ने स्थानीयहरूबाट भए पनि हामी गणना गरी तथ्यांक संकलन गर्छौ ।’

जनगणनामा सोधिने यी हुन् मुख्य प्रश्नहरू
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बिहीबारदेखि देशभर राष्ट्रिय जनगणना-२०७८ सुरु गर्दैछ । प्रत्येक १० वर्षको अन्तरमा हुने जनगणना यो वर्ष कोभिडको कारण केही ढिलो गरी सुरु हुन लागेको हो ।

जनगणनाका मुख्य प्रश्नावलीको पारिवारिक खण्डमा घरको स्वामित्व, घर बनाउन प्रयोग गरेको सामग्री, खानेपानीको स्रोत, इन्धन, ऊर्जा प्रयोग, दैनिक रूपमा प्रयोग गर्ने घरायसी सामग्री, महिलाको स्वामित्वमा घर जग्गा छ कि छैन, व्यवसाय र रोजगारीको अवस्थासहितका प्रश्न छन् । पछिल्लो एक वर्षमा जन्म, मृत्यु, बसाइसराइको अवस्था, विदेश एकासहितको विवरण पारिवारिक खण्डमा छ ।

जनसाङ्ख्यिक विवरणमा परिवारको व्यक्तिगत विवरणका प्रश्नहरू छन् । परिवारका सदस्यहरूहरुको शैक्षिक विवरण र प्रजनन् हितका विवरणलाई मुख्य प्रश्नावलीमा समेटिएको छ ।

त्यस्तै, सामुदायिक प्रश्नावलीमा सामाजिक र पूर्वाधारको सेवा सुविधा, आर्थिक पूर्वाधारको सेवा सुविधा, विपत् जोखिमको अवस्था, प्राकृतिक प्रकोप र विपत्को क्षतिको विवरण, वन्यजन्तु र जंगली जनावरबाट भएको क्षतिको विवरण, लोपोन्मुख जातजातिको बसोबासको अवस्था, सीमान्तकृत जातजातिको बसोबास, मातृभाषा बोल्नेको विवरण, सेवा सुविधाको अवस्थासहितका विवरण यो खण्डका प्रश्नावलीबाट संकलन गरिन्छ । यो खण्डको प्रश्नावलीमा विवरण वडा अध्यक्ष वा वडा सचिवले टिपाउनेछन् । साथै, घर तथा घरपरिवार सूचीकरण फारम पनि भर्नुपर्ने हुन्छ ।

अघिल्लो जनगणनामा पारिवारिक विवरण सबै घरमा र पुरै विवरण र्यान्डमली गर्ने गरे पनि यसपटक भने सबै घरपरिवारको पुरै विवरण संकलन गरिने जानकारी तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले दिए ।  काठमाडौं उपत्यकामा ट्यावलेटमार्फत जनगणना गरिने भए पनि देशका अन्य भागमा भौतिक रूपमा फर्म भरेर जनगणना गर्ने जानकारी चौलागाईंले दिए । २५ कात्तिकदेखि सुरु भएको जनगणना ९ मंसिरमा सकाउने तयारी छ ।

तपाईको प्रतिक्रिया