Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – मोरङको विराटनगर कारागारमा दुई समूहबीच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान झडप भएको हो ।

झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ ।

चौकीदार गुरूङ समूहको ज्यादती सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति आएको बताइएको छ । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप कैदीबन्दीको आरोप छ । विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए ।

पदमकुमार लिम्बु, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई यहाँका अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन् । थुनिएका कैदीहरूलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् ।

‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखेका छौं’, जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन कारागारमा पठाउने निर्णय भने भइनसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया