Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन आग्रह गरेकी छन् । ओलीले एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी बेलायतमा महिनाको ५ लाखसम्म खर्च गरेर पढेको दाबी गरेपनि मानुषीले यस्तो आग्रह गरेकी हुन् ।

उनले राजनीतिलाई हावादारी र मजाकको विषय बनाउन छाड्न पनि भनेकी छन् । मानुषीले फेसबुकमार्फत भनेकी छन्, ‘पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी)ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौँ ।’

आफूहरु अवस्थाबाट गुज्रियौं भन्ने थाहा पाउन आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला’ पढ्न सुझाव दिइन् । मानुषीले लेखेकी छन्, ‘हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौं भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला ।’ जसपा संघीय परिषद्का अध्यक्ष भट्टराईले पनि ओलीलाई आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।

तपाईको प्रतिक्रिया