बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

टाेकियाे – जापानमा कोभिड-१९बाट एक दिनमा मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार कोभिड-१९ संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

सन् २०२० अगष्ट २ पछि पहिलोपटक जापानमा कोभिड-१९ संक्रमणबाट एकदिनमा मृत्यु हुनेको संख्या शून्यमा झरेको हो । जापानमा कोभिड-१९ विरुद्धको खोप ७० प्रतिशतभन्दा धेरैले लगाएसँगै पछिल्लो समय कोरोनाका नयाँ संक्रमित तथा मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आएको हो ।

जापानमा अहिलेसम्म कोरोना संक्रमणको कारण १८ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ । जापानले मुलुकमा आगामी दिनमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै अर्को महिनाबाट बुस्टर डोज दिने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया