रेलको समय तालिका अनुसार स्टेशनमा बस्ने कर्मचारी बिहान ५:१० बजे उठ्नुपर्ने र यात्रु ६:१९ को रेल चढ्नुपर्ने थियो । ६:३० बजे अर्को रेल स्टेशनका कर्मचारी आएर ढोका खोलेपछि बल्ल यात्रु चढ्न पाएका थिए ।
रेल स्टेशनमा दुई पटक अलार्म घडीहरू बज्नु बाहेक जडान भएको उपकरण स्वचालित रुपमा उठ्ने समयमा बज्ने गर्छ । तर कर्मचारीहरूले आफुले उठ्ने समयको लागि अलार्म सेट गर्न बिर्सिएको बताएका छन् । क्युशु रेल विभागले यात्रुलाई समस्या भएकाप्रति माफी माग्दै भविष्यमा यस्तो हुन नदिने बताएको छ ।