Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इराकी प्रधान मन्त्री मुस्तफा अल-खादिमीमाथि ड्रोन आक्रमण गरेर हत्या गर्ने प्रयासले भएको छ । राजधानी बग्दादस्थित उनको निवासमा आक्रमण गरी हत्याको प्रयास भएको हो ।

प्रधान मन्त्री अल-खादिमीले निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन् । उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ । अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो ।

सामाजिक सञ्जालमा ट्विटरमा उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गरेका छन् । प्रधान मन्त्रीको सुरक्षार्थ खटिएकामध्ये ६ जना घाइते भएका छन् । कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधान मन्त्रीमाथि त्यसरी आक्रमण भएको हो । अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन । -बीबीसी

तपाईको प्रतिक्रिया