Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ ।

प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले बिहीवार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको बताइएको छ । सवारीसाधन र औद्योगिक उत्सर्जन, धुलो र मौसमले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनाएको छ ।

हिउँद याममा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण दिल्लीको वायु विषाक्त बन्ने गरेको छ । दीपावलीको समयमा आतिशबाजीका प्रदूषित कणहरू वायुमण्डलको तल्लो सतहमै रहने हुँदा हावाको गुणस्तरलाई झनै बिगार्ने बताइन्छ ।

वायुमा हुने खतरनाक साना प्रदूषकहरू पीएम २.५ को मात्रा दिल्लीका केही भागमा ९९९ प्रतिघनमिटर थियो जुन वायु गुणस्तर नाप्ने मेसिनमा देखाउने सबैभन्दा ठूलो सङ्ख्या हो । त्यहाँका धेरै ठाउँहरूमा ५०० भन्दा माथि पीएम २.५ को मात्रा रेकर्ड गरिएको थियो। यो मात्रा भनेको जनस्वास्थ्यलाई गम्भीर असर गर्ने स्तर हो ।

वायु गुणस्तर सूचकाङ्क एक्यूआईमा शून्यदेखि ५० सम्मको मात्रा “राम्रो” मानिन्छ र ५१ र १०० बीचमा मात्रा “सन्तोषजनक” मानिन्छ । प्रदूषणको स्तरलाई न्यूनीकरण गर्न सरकारले यस वर्ष पटाका विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । तर त्यसले काम गरेको देखिएन ।

शुक्रवार बिहान सहर प्रदूषणका कारण धुम्म थियो भने धेरै मानिसले आँखा पिरो भएको र घाँटी चिलाएको बताएका थिए । एनडीटीभीका अनुसार प्रदूषणका कारण राजमार्गमा छवटा कार दुर्घटना भएका छन् जसमा केही मानिसहरू घाइते भएका छन् । अधिकारीहरूले वायु गुणस्तर आइतवार बेलुकीसम्म थोरै सुधार हुने बताएका छन् ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् । भारत संसारकै सबैभन्दा वायु प्रदूषित देश हो। संसारका सबैभन्दा प्रदूषित ३० सहरमध्ये २२ वटा भारतमा रहेका छन् । भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विज्ञहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया