Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने सहमतिसहित अमेरिकालाई चिठी नपठाएको स्पष्टीकरण दिएका छन् ।

आज खुमलटारस्थित निवासमा देउसी खेल्न पुगेका कलाकर्मी र सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो स्पष्टीकरण दिएका हुन् । ’शेरबहादुरजीले हामीले सहमति जनाएर चिठी पटाइसक्यौँ भनिदिनु भएछ, त्यसले तरङ्ग पैदा भएछ । साथीहरूलाई जवाफ दिनुपरेको छ’, उनले भने, ‘तर पछि शेरबहादुरजीले मैले त्यस्तो कहाँ भनेको छु र ? भन्नु भयो । हामीले त्यस्तो चिठी पठाएका छैनौँ ।’

दाहालले दुई जनाले पास गर्ने नभई एमसीसीका लागि राष्ट्रिय सहमति जुटाउने ब्यहोराको चिठी पठाएको बताएका छन् । ‘हामी दुई जनाले एमसीसी पास गर्न राष्ट्रिय रूपमा सहमति गर्छौ भनेर चिठी पठाएका हौँ, पास गर्न तयार छौ भनेका छैनौँ’, उनले थपे, ‘अमेरिका र बेलायत या अन्य देशले दिने सहयोग नलिने भन्ने त हुँदैन । तर एमसीसीमा जनस्तरमै विवाद देखिएपछि यसको निरूपणपछि मात्रै पास गरौँ भन्ने हो ।’

अध्यक्ष दाहालले यसअघि सन् २०१७ मा एमसीसीबारे सहमति हुँदा संसद्मा लगेर अनुमोदन गर्ने केही कुरा नभएको पनि बताएका छन् । ‘देउवाजी र हामी नै सरकारमा हुँदा तत्कालीन अर्थमन्त्री (ज्ञानेन्द्रबहादुर कार्की) ले सहमति गर्दा सांसदबाट अनुमोदन गर्ने प्रावधान नै थिएन’, उनले सुनाए, ‘त्यतिबेला हामी पनि सरकारका थियौँ । त्यो सम्झौतामा कानुन सरह लैजाने भन्ने नै थिएन । पछि बीचमा सांसदबाट अनुमोदन गर्ने भन्ने प्रावधान घुसाएकाले विवाद भएको हो ।’ उनले भने, ‘हामी त्यसलाई संशोधन गराएर चाँडो भन्दा चाँडो पास गर्न चाहन्छौँ ।’

‘गठबन्धन तल-माथि हुँदैन, चुनावमा पनि तालमेल हुन्छ’
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धन आगामी चुनावसम्मै जाने बताएका छन् । ‘अहिलेको हाम्रो गठबन्धन राम्रैसँग अघि बढेको छ । अहिले गठबन्धनमा केही हुँदैन’, प्रचण्डले भने, ‘गठबन्धन राम्रैसँग जान्छ । यसैले नै चुनाव गराउँछ । चुनावमा पनि सकेसम्म तालमेल गरेर जान्छौँ ।’

उनले देश विकास र परिवर्तन नहुन्जेल गठबन्धन चलिरहने बताए । ‘विकास र परिवर्तनतिर लैजाने सपना पूरा नहुँदासम्म लागिरहन्छौँ’, उनले भने, ‘गठबन्धन तलमाथि हुँदैन ढुक्क हुनुहोस् ।’

तपाईको प्रतिक्रिया