Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा भए । मुम्बईको उच्च अदालतको फैसलापछि उनी ३० अक्टोबरमा आर्थर रोड जेलबाट एक लाख धरौटी तिरेर रिहा भएका थिए । लागू औषध प्रकरणमा उनी २ अक्टोबरमा पक्राउ परेका थिए ।

रिहा भएसँगै उनी यतिबेला मुम्बईस्थित अलिबागमा रहेको फार्म हाउसमा बस्दै आएका छन् । जहाँ उनको सुरक्षाका लागि सुरक्षागार्ड समेत तैनाथ गरिएको छ । यतिबेला उनी पहिलाको जस्तो स्टारडमलाई छोडेर सामान्य जीवनशैली अपनाइरहेका छन् ।

रिहा भएपछि उनीलाई हरेक शुक्रबार तारिख बुझाउन नारकोटिक्स विभाग जानुपर्छ । उनी आज बिहान नारकोटिक्स विभाग पुगेका थिए । जहाँ तीन घण्टा बयान लिएको थियो । आज बिहान ११ बजेदेखि २ बजेसम्म विभागमा उनको बयान लिइएको थियो । रिहा हुँदा उनलाई विभिन्न १४ सर्तमा जमानत दिइएको थियो । प्रहरीलाई जानकारी नदिएर मुम्बई शहर छोड्न प्रतिबन्ध लागेको छ । त्यस्तै भविष्यमा कुनै प्रकारका लागू औषधिजन्य गतिविधिमा संलग्न हुने समेत रोक लगाइएको छ ।

त्यस्तै उनीसँगै आरोप लागेका अन्य व्यक्तिहरुसँग सम्पर्क तथा भेटघाट गर्न समेत रोक लगाइएको छ । त्यस्तै यो विषयमा मिडियासँग समेत केही कुरा गर्न रोक लगाइएको छ । रिहा भएपछि यतिबेला उनी आफ्नो बुबा शाहरुखसँगै बसिरहेका छन् । घरमै बसेर उनी यतिबेला एक साइकोलोजिकल थ्रीलर नोबेल ‘द गर्ल विथ द डैगन टाटू’ पढिरहेका छन् ।

घरमै बसेर उनी यतिबेला आफ्नो बुबालाई चलचित्रको काममा समेत सघाइरहेका छन् । शाहरुखको अपकमिङ फिल्म ‘पठान’ को काम भइरहेको छ । आर्यनले सोही चलचित्रका विषयमा बुबालाई सघाउँदै आएका हुन् । उनको जमानत दिँदा अदालतले उनको पासपोर्ट समेत नियन्त्रणमा लिएको थियो । उनलाई अदालतको आदेशबिना देश छोड्न प्रतिबन्ध लागेको छ ।

तपाईको प्रतिक्रिया