Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – निर्वाचन आयोगले विवेकशील साझा पार्टीको नयाँ विधान र केन्द्रीय समिति हेरफेर भएको विवरण वैधता दिँदै अद्यावधिक गरेको छ । आयोगको १७ गतेको निर्णयले पार्टीको विधान ‘विवेकशील साझा पार्टीको विधान २०७८’ र केन्द्रीय समितिमा हेरफेर भएको विवरण राजनीतिक दलसम्बन्धी ऐनअनुसार अद्यावधिक गरेको हो ।

गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दुई-तिहाइ भन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको थियो । जसमा पार्टीको कार्यकारी अधिकार अध्यक्षमा निहित रहने र संयोजकलाई दिइएको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको थियो ।

उक्त बैठकले केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या १२४ रहने पनि निर्णय गरेको थियो । पाँच जनाको राजीनामा र एक जनाको देहावसानका कारण पार्टीको केन्द्रीय सदस्यहरूको सङ्ख्या घटेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । निर्वाचन आयोगले अद्यावधिक गरेसँगै अबदेखि पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रमा मात्र कार्यकारी अधिकार निहित रहने छ ।

मिश्र पक्षले पार्टीको काम कारबाही अघि बढाउन अवरोध भएको भन्दै कार्यकारी अधिकार अध्यक्षमा मात्र निहित गरेको हो । अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया