Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – दाङमा बेमौसमी वर्षाका कारण दाङमा करिब ७० करोड रुपैयाँको धान बालीमा क्षति पु-याएको छ । जिल्लाका १० स्थानीय तहबाट संकलन गरेको तथ्यांक अनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँको क्षति भएको हो । जिल्लामा ८ हजार ९ सय ९८.९ हेक्टर क्षेत्रफलमा लगाइएका धानमा क्षति पु-याएको हो । करिव २७ हजार ६ सय ६८.२५ मेट्रिक टन धान नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । जसमा काटिएको धान ४ सय ७८ हेक्टर धान बगाएको छ भने ८ हजार ५ सय २१ हेक्टर धान ढालेर क्षति पु-याएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा ३९ हजार ४ सय हेक्टरमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार बबइ गाउँपालिकामा ५ सय २.५ हेक्टर धानमा क्षति पु-याएको छ । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टर काटेको धान बगाएको थियो भने ३ सय ६२.५ हेक्टर ढालेर क्षति पु-याएको हो ।

शान्तिनगर गाउँपालिकामा ७ सय ६१.३ हेक्टर धानमा क्षति पु-याएको छ । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ सय ६१.३२ हेक्टर धान ढालेर क्षति पुगेको हो । दंशीशरण गाउँपालिकामा १ हजार १ सय २३.५ हेक्टरमा क्षति पुगेको छ । उक्त गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७.५ हेक्टरमा काटेको धान बगाएको छ । १ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पु-याएको थियो ।
यसैगरी तुलसीपुर उप–महानगरपालिकामा २ सय ७५ हेक्टरमा क्षति पुगेको छ । उक्त उप–महानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिएको थियो । जसमा २ सय ७५ हेक्टरमा धान ढालेर क्षति पुगेको हो ।

घोराही उप–महानगरपालिकामा १ हजार ९ सय ५८.८ हेक्टरमा क्षति पुगेको छ । सो उप–महानगरपालिकामा ८ हजार ३ सय २० हेक्टरमा खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८.८ हेक्टरमा धान ढलेर क्षति पुगेको हो । बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा धान क्षति पुगेको छ । उक्त गाउँपालिकामा १ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको छ । जसमा १ हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको हो ।
लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरमा धान क्षति पुगेको छ । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धान खेती गरिएको छ । जसमा १ हजार ४ सय ३२ हेक्टरमा धान ढालेर क्षति भएको हो ।

यस्तै राप्ती गाउँपालिका ७१.८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । उक्त गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७१.८ हेक्टरमा धान ढालेर क्षति पुगेको हो । गढवा गाउँपालिकामा ९ सय १९.७ हेक्टरमा क्षति पुगेको छ । सो गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टरमा धान खेती गरिएकोमा १ सय ११.६७ हेक्टरमा लगाएको धान बगाएको छ । ८०८ हेक्टरमा लगाएको धान ढालेर क्षति पुगेको थियो । राजपुर गाउँपालिकामा ८ सय ७५.३ हेक्टरमा क्षति पुगेको छ । उक्त गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टरमा धान खेती गरिएकोमा २ सय १८.६८ हेक्टरमा काटेको धान बगाएर क्षति पुगेको छ । ६ सय ५६.५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु-याएको छ ।

तपाईको प्रतिक्रिया