Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – जारी टी–२० विश्वकपमा भारतले पहिलो जित निकालेको छ। जायद क्रिकेट रंगशाला अबुधाबीमा बुधबार राति भएको खेलमा उसले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो।

टस हारेर पहिलो ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको थियो। त्यसपछि २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानका लागि करिम जनतले अविजित ४२ रन बनाए। त्यस्तै कप्तान मोहम्मद नाबीले ३५ तथा रहमनुल्लाह गुर्बाजले १९ रन जोडे।

भारतका लागि मोहम्मद शामीले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको भारतका लागि विष्फोटक ब्याटिङ गर्दै रोहित शर्माले ७४ रन बनाए। त्यस्तै केएल राहुलले ६९ रन बनाए। त्यस्तै हार्दिक पान्ड्याले ३५ तथा रिशभ पन्तले २७ रनको योगदान गरे।

अफगानिस्तानका लागि गुल्बादिन नाइब र करिम जनतले १/१ विकेट लिए।

तीन खेल खेलेको भारतले पहिलो जित निकालेको हो। पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत दोस्रो खेलमा न्यूजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया