Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – बार्सिलोनाले घरेलु टोली डेनामो किएभलाई १–० ले पराजित गरेको हो । अन्सु फातीले दोस्रो हाफमा गरेको गोल नै बार्सिलोनालाई ३ अंक जोड्न पर्याप्त बन्यो ।

एनएसके ओलिम्पिक स्टेडियम किएभमा खेलको सुरुवातदेखि नै बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसनमा पकड राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७०औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

यो जितसँगै समूह चरणमा दुई राउन्डको खेल बाँकी रहँदा बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । सुरुवाती दुई खेल गुमाएर दवावमा आएको बार्सिलोनाले पछिल्लो दुईमा खेलमा जित निकाल्न सफल भएको हो ।

अब बाँकी दुई खेलमा जित हात पारे बार्सिलोनाले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ । बार्सिलोनाले बेन्फिका र बायर्नसँग खेल्न बाँकी छ । जितपछि समूह ‘ई’ बार्सिलोना ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित किएभ १ अंकसहित पुछारमा छ ।

यही समूहको अर्काे खेलमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिज क्लब बेन्फिकामाथि ५–२ को फराकिलो जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । सर्ज जिनाब्री र लिरोए सानेले समान एक गोल थप्दा बेन्फिकाका मोराटो र डार्विन नुनेजले समान एक गोल गरे ।

जितपछि अपराजित रहेको बायर्न ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बेन्फिका ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया