सोमबार, फाल्गुण १४, २०८०
Monday, February 26, 2024

काठमाडौँ – लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको    छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको     बिजुलीले भारतमा प्रवेश पाएको हो । यो सँगै नेपालको अन्तर देशीय विद्युत् व्यापारमा नयाँ आयाम थपिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् आयो जना र १५  मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा  बिक्री गर्न अनुमति दिइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी  निर्देशक कुलमान घिसिङले जानकारी  दिए  ।
यस्तो अनुमति पाउने नेपाल दक्षिण  एसियामै पहिलो    देश हो । सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी  र ४५  मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युत् पनि भारतीय   बजारमा बिक्रीका लागि सूूचीकृत गर्न प्रस्ताव पठाएको छ  ।
तपाईको प्रतिक्रिया