Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएको छ । जापानवासी नेपालीका समस्या र दुई देशबीच गरिनुपर्ने अत्यावश्यक काम कारबाहीका बुँदा समेटिएको ज्ञापनपत्र बुझाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्षहरू राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, युवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेतसहितको टोलीले मन्त्री खड्कालाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । पत्रमा तत्काल सम्बोधन गरिनुपर्ने २ र दीर्घकालीन रूपमा गर्नुपर्ने ७ वटा महत्त्वपूर्ण विषय समेटिएको छ ।नेपालमा सिओई आएर रोकिएका सबै भिसा स्टाटसका नेपालीहरूको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाइन्सको सिधा हवाई उडानमा चर्को भाडादर रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्रीमार्फत आग्रह गरिएको छ । यस्तै श्रमिकको सिपमूलक क्षमता अभिवृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्नसमेत ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री डा. खड्काले सरकारले अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए ।

हेर्नुहोस् ज्ञापनपत्रको पूर्ण पाठ :-

तपाईको प्रतिक्रिया