Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टाेकियाे – जापानकी राजकुमारी माकोले हालसालै शाही परिवारलाई त्याग्दै प्रेमी केई कोमुरोसँग विवाह गरिन् । राजपरिवारको सुखशयल त्यागेर प्रेमीसँग विवाह गरेको भन्दै उनको प्रशंसा र आलोचना भएको थियो ।

पछिल्लो दिन भने राजकुमारी माकोका पति कोमुरो एक परीक्षामा फेल भएको बारे चर्चा चलिरहेको छ । अङ्ग्रेजी पत्रिका डेली मेलको एक रिपोर्ट अनुसार राजकुमारी माकोका पति कोमुरो न्यूयोर्क स्टेट बारको परीक्षामा फेल भएका छन् ।

कोमुरोले यस वर्ष गर्मीको सुरुआतमा न्यूयोर्क स्टेट बारको परीक्षा दिएका थिए जसको रिजल्ट शुक्रबार न्यूयोर्क स्टेट बोर्ड अफ ल एक्जामिनर्सको वेवसाइटमा राखिएको थियो तर सफल उम्मेदवारहरूमा उनको नाम थिए । परीक्षामा असफल भएपनि कोमुरोले पढाइ जारी राख्ने र फेब्रुअरीमा फेरि परीक्षा दिने जनाएको डेली मेलमा उल्लेख गरिएको छ ।

यो पनि : जापानी राजकुमारीले गरिन् प्रेमीसँग बिहे, शाही पदवी स्वतः गुम्यो

२९ वर्षीया माको जापानका पूर्व सम्राट् अकिहितोकी नातिनी हुन् । कोमुरो एक सामान्य परिवारका हुन् र अमेरिकाको एक ल कम्पनीमा काम गर्छन् । कोमुरोले २०१३ मा माकोलाई प्रपोज गरेका थिए ।

विवाहसँग राजकुमारी माकोको शाही पद खारेज भएको छ । जापानमा कुनै सामान्य व्यक्तिसँग विवाह गरे शाही पद समाप्त हुन्छ । यति मात्र होइन माकोले शाही परिवारबाट कुनै पनि रकम लिन अस्वीकार गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया