Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – कांग्रेस नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा कांग्रेस नेता शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएका थिए । कांग्रेस-माओवादी सहमतिअनुसार जीवन नयाँ मुख्यमन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया