Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विश्वका १०० भन्दा बढी देशहरूले सन् २०३० सम्म वन विनाश र भूक्षय रोक्ने वाचा गरेका छन् । ग्लास्गोमा जारी जलवायु सम्मेलन कोप-२६ मा सोमबार अबेर संयुक्त वक्तव्य जारी गर्दै वन विनाश नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

वन जङ्गल संरक्षण र पुनः स्थापित गर्न १९ अर्ब डलरको सार्वजनिक तथा निजी कोष निर्माण गरी लगानी गरिने बताइएको छ । विश्वका ८० प्रतिशतभन्दा बढी वनजंगल रहेका ब्राजिल, रुस, इन्डोनेसियालगायत देशहरूले वन विनाश नगर्ने वाचालाई समर्थन गरेका छन् ।

ग्लास्गो लिडर्स डिक्ल्यरेसन अन फरेस्ट एन्ड ल्यान्ड युजले तीन करोड ३० लाख वर्ग किलोमिटरभन्दा बढी वन क्षेत्र समेट्ने नेताहरूको तर्फबाट बेलायती प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा जनाएको छ । ती देशहरूको यस प्रतिबद्धतालाई कोप-२६ को ठूलो उपलब्धिको रूपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया