Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहानदेखि काठमाडौंका चार स्थानमा खोप  लगाउन थालेको हो। काठमाडौंको गोंगबु बसपार्क, कोटेश्वर चोक, बल्खु चोक र कलंकी चोकमा खोप लगाउने व्यवस्था गरिएको छ।

तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुलाई लक्ष्य गरेर खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घर जान लागेका यात्रुलाई आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

चारै ठाउँमा आज बिहान ७ः३० बजेदेखि खोप लगाउन थालिएको छ। अपराह्न ४ बजेसम्म खोप लगाइनेछ। दुई दिने खोप अभियान अन्तर्गत भोलि पनि चारै स्थानमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसमा १८ वर्षभन्दा माथिका सबैले खोप लगाउन पाउनेछन्।

तपाईको प्रतिक्रिया