Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत ‘जब तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बोनम्यारो फेल भएकी प्रेमिकाकाको कथालाई समेटेर तयार पारिएको यस भिडियोलाई दर्शक श्रोताले मन पराएका छन् ।

गायक नरेश गुरुङ र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको सङ्गीत र सङ्गीत संयोजन रहेको छ । सौरव लामाले छायाङ्कन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो । ओसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया