शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी मनाङ पुगेकी हुन् ।उनले मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङको स्याउबारीको अवलोकन गरेकी छन् । तीन दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आइतबार लुम्बिनीको भ्रमण गरेकी थिइन् ।त्यसअघि शनिबार मुक्तिनाथ र ढोरपाटन शिकार आरक्षको अवलोकन गरेकी थिइन् । उनी आजै पोखरा फर्किने तय भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न राष्ट्रपति भण्डारीको तीन दिने भ्रमण कार्यक्रम तय गरिएको थियो ।

-तस्बिर : रासस

तपाईको प्रतिक्रिया