Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान संविधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।

सिरहाको गोलबजार-९ डण्डाटोलमा जसपाले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकोले संशोधन गर्न जरुरी भएको बताएका हुन् । उनले संविधान संशोधन गरी नयाँ ढङ्गले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् ।

देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही रूपमा लोकतन्त्र स्थापना हुन अझै नसकेको उनले बताएका छन् । निश्चित भाषा, जाति त्यसमा पनि हुनेखाने, दलाल, सामन्तहरूकै बोलवाला भएकाले यो अवस्था फेर्न संविधान संशोधनमार्फत समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न जरुरी भएको उनले बताए ।

आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई १ नम्बरको बनाउन संगठन विस्तार, सुदृढीकरणमा जोड दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया